अझै बनेन रोल्पा अस्पताल भवन

रोल्पा । जिल्ला अस्पताल भवन समयमै निर्माण सम्पन्न नहुँदा सेवाग्राही समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६/०७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सो भवन सम्झौता सकिएको १५ महिना पूरा भइसकेको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीले भवन समयमा नबनेको सरोकारवालाको आरोप छ । अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले सम्झौता अवधि सकिएको लामो समय वितिसक्दासमेत समेत भवन कहिले सम्पन्न हुन्छ भन्ने अन्यौल रहेको बताए ।
उनले भने “स्तरवृद्धि भई अस्पतालले ५० शय्या स्वीकृत पाएको छ । आवश्यक मेसिनरी सामान, चिकित्सक, स्वास्थ्यकर्मी र अन्य जनशक्तिको समेत स्वीकृति भइसके छ । भवन अभावमा उनीहरु आएका छैनन । समयमै भवन नबन्दा सेवा प्रवाह र बिरामी समस्यामा परेका छन् ।” जिल्लामै पहिलो पटक चिकित्सा विशेषज्ञ सेवाका लागि ‘एमडी’को तहको दरबन्दी स्वीकृत भई तिहारलगत्तै हाजिरी हुने भनिए पनि भवन अभावले चिकित्सक आउन पछि थकेलिएको जनाइएको छ ।
संविधानले दिएको मौलिक हकसमेत उपभोग नपाएको महिला अधिकारकर्मी तीर्था आचार्यको भनाइ छ । “सामान्य स्वास्थ्योपार गर्नसमेत जिल्ला बहिर जानुपर्दा पैसा र समयको नोक्सानी बेहोर्नुपरेको छ”, उनले भने । “भवन निर्माण समयमै भए जिल्लाबाटै विशेषज्ञ सेवाले जिल्लावासी लाभान्वित हुने थिए”, उनले भने । निर्माण व्यवसायीले दलीय आवद्ध भएर बस्ने भएकाले यस्ता लापर्बाही बढ्ने गरेका जिल्लावासीको गुनासो छ ।
अस्पताल भवन ३३ करोडको लागतमा निर्माण गर्न थालिएको अस्पतालका सूचना अधिकृत कुलबहादुर डाँगीले जानकारी दिए । निर्माण व्यवसायी खगेन्द्र बुढामगरले निर्माणको काम गर्दै आएको उनको भनाइ छ । निर्माण व्यवसायी बुढामगरसँग सम्पर्क गर्न प्रयास गर्दा फोन सम्पर्क हुन सकेन । दुई÷चार कामदारबाहेक साइटमा थप मजदूर परिचालन गरेका छैनन् ।









आकर्षक छुट र सुविधासहित यामाहा नेपालद्वारा ‘यामाहा ब्लू क्याम्प’ घोषणा
‘जेरी अन टप’ले मनायो ५१औँ दिन, अहिलेसम्मको कमाइ कति ?
गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
PM Karki seeks former President Bhandari’s support on election bid
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
प्रतिक्रिया