आगामी मार्चदेखि माइक्रोसफ्टको वनड्राइभ एपलले काम नगर्ने

काठमाडौँ । माइक्रोसफ्टको वानड्राइभ एपले आगामी मार्च वानदेखि काम गर्न छोड्ने भएको छ । भर्खरै सार्वजनिक भएको एक रिपोर्टअनुसार, माइक्रोसफ्टले वनड्राइभ डेस्कटप एपले २०२२ मार्च १ तारिखदेखि व्यक्तिगत विण्डोज ७, ८ र ८.१ कम्प्यूटरसँग काम गर्न बन्द गर्ने भएको हो ।
रिपोर्टकाअनुसार सफ्टवेयरले आगामी जनवरी वान पछि अपडेट प्राप्त नगर्नुका साथै पुरानो पीसीबाट क्लाउड फाइलमा पहुँच गर्दा स्वतः बन्द हुने दी इकोनोमिक टाइम्सले जनाएको छ ।
माइक्रोसफ्टले सान्दर्भिक मेसिनको लागि विन्डोज साइकलमा कर्पोरेट वनड्राइभ सपोर्टलाई जोड्ने र विण्डोज ७ र ८.१ वर्कप्लेस प्रयोगकर्तासँग जनवरी १०, २०२मा सबै प्रयोगकर्तालाई बाहिर राख्ने जनाइएको छ ।
माइक्रोसफ्टले केही ग्राहकलाई विन्डोजको नयाँ संस्करणमा स्तरवृद्धि गर्न लामो समयदेखि समस्या भोगिरहेकोले सुरक्षा जोखिम अझै निम्त्याउने देखिएको कम्पनीले जनाएको छ ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया