भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप विरुद्ध रुसको ऐक्यबद्धता

मस्को । ल्याटिन अमेरिकी राष्ट्रको आन्तरिक मामिलामा विदेशबाट हस्तक्षेप गर्ने कुनै पनि प्रयासको विरोध गर्ने भेनेजुएला सरकारसँग मस्कोले ऐक्यबद्धता व्यक्त गरेको छ।
रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले बाह्य दबाब र अवैध एकपक्षीय प्रतिबन्धको द्वारा भेनेजुयलाको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेपको विरोध गर्दै राष्ट्रपति निकोलस मदुरोको पक्षमा ऐक्यबद्धतामा व्यक्त गरेका छन् ।
भेनेजुएलाका आफ्ना समकक्षी फेलिक्स प्लासेन्सियासँग भेटघाटमा मन्त्री सर्गेइले मस्कोले राष्ट्रिय संवादलाई बढावा दिन भेनेजुयलाको प्रयासलाई थप समर्थन गर्ने विश्वास दिलाएका छन् ।
‘हामी तपाईंको देशको थप विकासको मार्ग स्वतन्त्र रूपमा निर्धारण गर्ने तपाईंको इच्छालाई पूर्ण समर्थन गर्दछौं र राज्यहरूको सार्वभौमसत्ताको सम्मान, संयुक्त राष्ट्रको केन्द्रीय भूमिकाको सम्मान, र गैर(हस्तक्षेप जस्ता आधुनिक आधारभूत मान्यतामा प्रतिबद्ध छौं।’, मन्त्री सर्गेइले बताएका छन् ।
भेनेजुएला २०१९ को शुरुदेखि नै राजनीतिक संकटमा फसेको छ । जब विपक्षी नियन्त्रित राष्ट्रिय सभाका पूर्व प्रमुख जुआन गुएइदोले पुनः निर्वाचित राष्ट्रपति निकोलस मादुरोलाई हटाउने प्रयासमा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।
अमेरिकाको नेतृत्वमा रहेका अधिकांश पश्चिमी देशहरूले गुएइदोलाई समर्थन गरेर भेनेजुयलामा तेल र वित्तीय उद्योगहरूलाई लक्षित गर्दै जटिल प्रतिबन्धहरू लगाएका छन्। यद्यपि रुस, चीन, टर्की लगायत अन्य थुप्रै राष्ट्रहरूले मादुरोलाई समर्थन गरेका छन्।
















उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया