आजको राशिफल : कार्तिक २३ गते मंगलबार

आज २०७८ साल कार्तिक महिनाको २३ गते मंगलबार, कार्तिक शुक्लपक्षको पञ्चमी तिथि ।
मेष
बौद्धिक क्षेत्रमा प्रगति हुने छ । मनमा एकतमासको बिरक्तिले सताउने छ । तर भाग्यको साथ रहेकाले परिस्थिति भने बिग्रन पाउने छैन् । पारीवारिक जीवनमा कटुताको सामना गर्नु परेता पनि व्यवस्थापन हुन पुग्ने छ । आर्थिक रुपमा भने केही दबाबको सामना गर्नु पर्ने छ ।
वृष
भगवानप्रति श्रद्धा बढ्ने छ । स्मरणशक्तिमा गिरावट आउने छ । निर्णय क्षमतामा पनि कमजोरी देखिने हुँदा सोच विचार गरेर मात्र निर्णयहरु लिनु उपयुक्त हुने देखिन्छ । भाग्यको साथ कम रहेकाले स–साना विषयमा पनि धेरै मेहनत गर्नु पर्ने छ । पेशागत क्षेत्रमा सोचे जस्तो प्रगति हुने छैन् भने केही अवरोहको पनि सामना गर्नु पर्ने छ ।
मिथुन
समाजको कदर र सम्मान प्राप्त हुने छ । सामाजिक जीवन सक्रिय रहने छ । आवश्यकता भन्दा कडा खालको व्यक्तित्व बन्न जाने भएकाले यसबारेमा ध्यान दिनुहोला । दाम्पत्य जीवनमा मधुरता र आपसी समझदारी उच्च हुने छ । पेशागत जीवन औसत खालको हुनेछ । आम्दानीमा बृद्धि हुने छ ।
कर्कट
नयाँ नयाँ काम गरौँ गरौँ लाग्ने छ । उत्साह र उमङ्गले जीवन उर्जाशिल हुने छ । नयाँ नयाँ विचार र सोचाईहरु निरन्तर आउने छ । पेशागत क्षेत्रमा नतिजामुखी काम गर्न नसक्दा विश्वासमा एक खालको कमि देखा पर्ने छ । जीवनसाथिको साथले गर्दा आँट र भरोसा प्राप्त हुने छ ।
सिंह
बोलीकै कारण बन्न लागेका कामहरु पनि बिग्रन जाने जोखिम देखिएका कारण संयमित रहँदा नै उचित हुने देखिन्छ । नरम भन्दा चर्काे शैलीको स्वाभाव हुँदा अरुले असहज महशुस गर्ने छन् । पेशागत जीवनमा स्थिरता रहने छ भने आम्दानीमा निरन्तरता रहने छ । परिवारमा किचलोको वातावरण रहने छ ।
कन्या
नरम खालको व्यक्तित्व हुने हुँदा अरुसँग मिलनसार स्वाभाव हुने छ । विचार व्यवहारमा प्रष्टताको अभाव हुने हुँदा अरुले अन्योलग्रस्त व्यक्तिका रुपमा लिने छन् । पेशागत क्षेत्र औसत खालको हुने छ तर आम्दानीमा गिरावट आउँदा आर्थिक असन्तुलन हुन जाने छ । साझेदारीमा गरिएका कामबाट लाभ प्राप्त हुने छ ।
तुला
आम्दानीमा बृद्धि हुने छ । परिवारप्रति समर्पित हुन मन लाग्ने छ । आफ्नो लक्ष्य तथा सपना प्राप्तिका लागि जोड बलले सक्रिय रहने स्वाभाव हुने छ । बोलीको प्रभावकारीताका कारण लोकप्रियता हासिल हुने छ । घर घडेरी जोड्ने समय सक्रिय रहेको छ । पेशागत जीवनबाट पनि लाभ मिल्ने छ । आम्दानीमा पनि बृद्धि हुने छ ।
वृश्चिक
आम्दानीका क्षेत्रहरुमा केही प्रगतिका लक्षणहरु देखिने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले प्रतिष्पर्धीहरुले पेल्न सक्ने छैन् । समय अनुकुल रहेको छ । पेशागत जीवनमा आशा गरे जस्तो नभए पनि धेरै अशुभ पनि हुने छैन् । सवारीसाधनसँग सम्बन्धि विषयमा भने लफडाहरु उत्पन्न हुने छ ।
धनु
सामाजिक छविमा सुधार आउने छ । धर्म अध्यात्मप्रति तिब्रता आउने छ । धन धान्यमा बृद्धि हुने छ । पेशागत क्षेत्रमा धैर्य भएर अघि बढ्नु पर्ने छ । खर्च धेरै हुने तर सो अनुसार आम्दानीमा बृद्धि नहुँदा आर्थिक चक्रमा खलल आउने विषयले मनमा दबाब उत्पन्न गराउने छ । परिवारमा द्वन्द निम्तिने छ ।
मकर
मनमा दृढता आउने र बाहिरबाट पनि बाठो खालको व्यक्तित्व हुने छ । भाग्यको साथ रहेको छ । बोली मिठो खालको हुने हुँदा अरुको मन जितिने छ । धन सम्पत्तिमा बृद्धि हुने छ भने पेशागत जीवनमा भने केही चुनौतिको सामना गर्नुपर्ने छ । सन्तानका गतिबिधिबाट आरोप सहनु पर्ने छ ।
कुम्भ
पेशागत क्षेत्रमा तिब्रता आउने र कामहरु थपिने छन् । बोलीको प्रभावकारीता बढ्ने छ । व्यापारमा तिब्रता आउने र कमाईमा पनि बृद्धि हुने छ । तर पारीवारिक सदस्यहरुका बीचमा भने अविश्वास पैदा हुँदा स–साना विषयमा पनि उल्झनहरु आउने छ । यात्रामा समस्या हुने छ भने नयाँ नयाँ शिप सिक्नमा तिब्रता आउने छ ।
मीन
पैसाको हिसावले धेरै आम्दानी नबढे पनि अन्य खालका आम्दानीमा बृद्धि हुने छ । विभिन्न खाले उपहार प्राप्त हुने छ । समाजमा अरुले कदर गरे पनि घर परिवारका सदस्यहरुले भने आलोचना फैलाउने छन् । पेशागत जीवनमा थप भूमिका प्राप्त हुने छ । रिस नियन्त्रण गर्नु पर्ने भएकाले यसबारेमा संवेदनशिल रहनु होला । सवारीसाधन चलाउँदा ध्यान दिनु पर्ने देखिन्छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया