मंगलबार, मंसिर २३, २०८२

सुनको मूल्य घट्यो चाँदीको स्थिर

मेरोन्यूज २०७८ कार्तिक २३ गते १३:५७

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले ओरालो लागेर ९२ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु सोमबार प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० रहेको छ । यसको मूल्य सोमबार प्रतितोला ९२ हजार तोकिएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी सोमबार प्रतितोला एक हजार २५० मा कारोबार भएको थियो । महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२५ डलर आसपासमा कारोबार भइरहेको बताइएको छ ।

प्रतिक्रिया