सडक अवरुद्ध हुँदा बाजुरामा औषधि अभाव

मार्तडी । बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ । यहाँका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्यचौकीमा ४० प्रकारका औषधि निः शुल्क वितरण हुनुपर्छ तर यहाँका पालिकाकाका स्वास्थ्य संस्थामा ४० प्रकारको औषधि भएको पाइँदैन । हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो । यस्तै खप्तड छेडेदह गाउँपालिका र बडीमालिका र त्रिवेणी नगरपालिकामा पनि औषधि पर्याप्त नभएको जनाइएको छ ।
अवरुद्ध सडक सुचारु नहुँदा पालिकाहरुमा औषधि अभाव अएको हिमाली–१ विच्छ्याका अहेव विमला पाण्डेले बताए । उनका अनुसार स्वास्थ्यचौकीमा सरकारले उपलब्ध गराउने ४० प्रकारका औषधिसमेत नआउने गरेको गुनासो गरे । स्वास्थ्य सस्थामा बिरामी बढ्दै गएकाले औषधि सकिएको जनाइएको छ ।
चिसो बढेसँगै स्वास्थ्यचौकीहरुमा ज्वरो, निमोनिया, क्षयरोगी, झाडापखालालगायतका बिरामी आउने गरेका छन् । उनले भने “स्वास्थ्य संस्थामा बिरामी सिकिस्त भएपछि मात्रै उपचारका लागि आउने गर्दछन् । उनीहरूलाई उपचार गर्दा औषधि अभाव भएकाले कोल्टी वा अन्यत्र पठाउने गरेका छौँ । ”
स्वामीकार्तिक–२ बर्कु आधारभूत स्वास्थ्य केन्द्रका सिअहेव बद्री शाहीले बाटोको समस्याका कारण स्वास्थ्य संस्थामा औषधि अभाव भएको जानकारी दिए । बर्कु स्वास्थ्यचौकीमा सिटामोल सहित अन्य औषधिसमेत अपुग भएको उनले बताए ।
पूर्वी उत्तरी भेगको जगन्नाथ –१ मा रहेको जगन्नाथ स्वास्थ्यचौकीका प्रमुख फूलमाया उपाध्यायले सिटामोल समेत सकिएको जानकारी दिए ।
स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले सडक नखुलेका कारण जिल्लामा औषधि अभाव भएको बताए । उनले भने, “साँफे–मार्तडी राजमार्ग र मार्तडी–कोल्टी सडक सञ्चालनमा आउने वित्तिकै तत्काल औषधि स्थानीय तहमा पठाउने तयारी भइरहेको छ ।”
बाटो नखुलेका कारण प्रदेश स्वास्थ्य निर्देशनालयले जिल्लामा औषधि नपठाएको जनाइएको छ । स्थानीय तहमा औषधि अभाव नहुने गरी निर्देशनालयमा माग गरिएको उनले बताए ।
यहाँका बुढीगंगा नगरपालिका र गौमुल गाउँपालिकामा औषधि पर्याप्त रहेको बताइएको छ । जिल्लाका स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, हातखुट्टा दुख्ने, जोर्नी दुख्ने, झाडापखाला र वान्ताका बिरामी बढी आउने गरेका जनाइएको छ ।









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल
प्रतिक्रिया