मंगलबार, मंसिर २३, २०८२

कैलालीमा अवरुद्ध राजमार्ग खुल्यो, घटनामा संलग्न भएको आरोपमा आठ जना पक्राउ

मेरोन्यूज २०७८ कार्तिक २४ गते १६:२७

कैलाली । कैलालीमा मंगलबार राति खुकुरी प्रहारबाट लम्की चुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या भएपछि अवरुद्ध पारिएको पूर्वपश्चिम राजमार्ग खुलेको छ ।

मृतकका आफन्तले बुधबार बिहानैदेखि राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरीले हत्यामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्ने र अनुसन्धान भैरहेको बताएपछि अवरुद्ध राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

स्थानीयले हत्यामा संलग्नलाइ कारबाही गर्नुपर्ने माग राखेर सडकमै टायर बालेर प्रदर्शन गरेका थिए । बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा जानुपर्ने सबै सवारी साधन लम्कीमा रोकिएका थिए ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा आठ जनालाइ पक्राउ गरेर अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया