कैलालीमा अवरुद्ध राजमार्ग खुल्यो, घटनामा संलग्न भएको आरोपमा आठ जना पक्राउ
मेरोन्यूज
२०७८ कार्तिक २४ गते १६:२७

कैलाली । कैलालीमा मंगलबार राति खुकुरी प्रहारबाट लम्की चुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या भएपछि अवरुद्ध पारिएको पूर्वपश्चिम राजमार्ग खुलेको छ ।
मृतकका आफन्तले बुधबार बिहानैदेखि राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरीले हत्यामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्ने र अनुसन्धान भैरहेको बताएपछि अवरुद्ध राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
स्थानीयले हत्यामा संलग्नलाइ कारबाही गर्नुपर्ने माग राखेर सडकमै टायर बालेर प्रदर्शन गरेका थिए । बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा जानुपर्ने सबै सवारी साधन लम्कीमा रोकिएका थिए ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा आठ जनालाइ पक्राउ गरेर अनुसन्धान भइरहेको जनाएको छ ।
सम्बन्धित
















वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया