मंगलबार, वैशाख ९, २०८२

अस्ट्रेलिया आईसीसी टी-२० क्रिकेटको फाइनलमा

मेरोन्यूज २०७८ कार्तिक २६ गते ७:२८

काठमाडौँ । पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया आईसीसी टी-२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेट गुमाएर भेट्टाएको थियो । प्रतियोगिताको एकमात्र अपराजित टिम पाकिस्तान सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अब अस्ट्रेलियाले फाइनलमा आइतबार न्युजिल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया