विप्लवसँग छिट्टै अंकमाल गर्न आतुर छु : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीबाट छुट्टिएर अलग पार्टी बनाएर हिडेका नेत्रविक्रम चन्द (विप्लव)सँग छिट्टै नै अंकमाल गर्न आफु आतुर रहेको बताएका छन् । नेत्रविक्रम चन्द विप्लवको पार्टी छोडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका सुरेश लामा, मार्सल लगायतलाई केन्द्रीय कार्यालय पेरिसडाडामा आज पार्टी प्रवेश गराउँदै प्रचण्डले विप्लवहरु पनि एकदिन एउटै पार्टीमा आउने विश्वास ब्यक्त गरे ।
‘ढिलो चाडो विप्लव पनि आउनुहुन्छ । अलग बसेर होइन, एकै ठाँउमा वसेर नेपाली क्रान्तिलाई अगाडी लैजान सकिन्छ । क्रान्तिलाई कुनै रोमान्स गरेर अगाडी लैजान सकिदैन । अहिले कुराकानी चलिरहेको पनि छ । किरणजी, वावुरामजी, विप्लव जीहरुसँग पनि,’ प्रचण्डले भने,–‘हामी अझ टाढा जानु छ । त्यो यात्रामा हामीले आपसमा हातेमालो गरेर मात्र सम्भव छ । एक्लो पार गर्छु भन्यौ भने नियत जस्तो भएपनि नियति धुलिसात हुने वाहेक केही हुँदैन । त्यसकारण छिटटै विप्लव जीसँग पनि हात मिलाउने, अंकमाल गर्ने दिनको प्रतिक्षामा छु ।’
नेपाली क्रान्तिको वाटो सधै एकैनासको नहुने भन्दै प्रचण्डले क्रान्तिको वाटो वांगो टिंगो र त्यसको केही आफ्नै नियमका साथ अगाडी वढ्ने पनि वताए । उनले भने, –‘वांगो टिंगो, टेडोमेडो हुन्छ क्रान्तिको वाटो, एकाधको इच्छाले मात्र त्यो पूरा हुदैन । त्यसको आफ्नै नियम हुन्छ । केही मूलभूत नियम हुन्छ । त्यस अनुसार परिचालित हुन्छ ।’
विगत माओवादी जनयुद्ध लहडका भरमा मात्र नचलेको भन्दै उनले सवै विषयवस्तु, सामाजिक अन्तरविरोध सवैको अध्ययन अनुसन्धान गरेर मात्र अगाडी वढाईएको वताए । पृथ्वी नारायण साहले राज्य विस्तारका लागि विद्रोह गरेको भएपनि माओवादीले भने समाजिक आर्थिक रुपान्तरणका लागि क्रान्ति चलाएको प्रचण्डको भनाई थियो ।
आफुहरुले चाहे जसरी क्रान्ति अगाडी वढेको भए यतिवेला जनवादी क्रान्तिको उचाई छुने हुन्थ्यो भन्दै प्रचण्डले सधै सोचेजसरी क्रान्ति अगाडी नजाने बताए ।
‘वीचमा दायाँवायाँ गर्दिन, विश्राम चौताराहरुमा लिन्न भन्यो भने त्यसले शिखर चुम्न सक्दैन । जसले त्यसरी सोच्छ, उनीहरुको अवस्था नाजकु भएर जान्छ । क्रान्ति पूरा गर्छु भन्दा भन्दै सवै सकिएको विश्व इतिहास पनि हाम्रँै अगाडी छ,’ प्रचण्डले भने, ‘त्यसकारण सोची विचारी काम अगाडी वढाउनु पर्छ ।’
विगतमा माओवादीमै रहेर अन्यत्र रहेका नेता कार्यकर्ता अहिले मुलघर फर्किन थालेकोमा आफुलाई असाध्यै खुसी लागेको पनि प्रचण्डले बताए । ‘विहान घरवाट केही कुरामा अभिभावकसँग विवाद परेर कोही छोराछोरी गयो भने दिनभरी आमावावुलाई घर छोडेर गएको छोराछोरीको चिन्ता हुन्छ । किन गएको होला भन्ने हुन्छ । वेलुकी टुप्लुक्क आयो भने सवैभन्दा खुसी आमावावु नै हुन्छन्, आज म त्यस्तै खुसी छु,’ प्रचण्डले भने, –‘तपाईहरु आज मुल घरमा फर्किनु भएको छ । म खुसी छु ।’
अहिले पनि जनयुद्धकालमा जस्तै प्रतिक्रियावादीहरुले माओवादी आन्दोलन र यसको नेतृत्वलाई सिध्याउने षडायन्त्र जारी राखेको प्रचण्डको भनाई थियो । उनले एक युगमा एउटै मात्र प्रचण्ड जन्मिने र त्यो पनि जनता र आन्दोलनले जन्माएको भन्दै प्रचण्ड ब्यक्ति नभई आन्दोलन भएको बताए ।
‘जनयुद्धमा जस्तै प्रतिक्रियावादीहरु माओवादी आन्दोलनको राजनीतिक उपलब्धी उल्टाउने प्रयासमा अहिले पनि लागेका छन् । प्रतिक्रियावादीहरु प्रचण्डलाई कसरी सिध्याउने भन्ने ठानेर घेरावन्दी त्यसरी नै भईरहेको छ ।’ प्रचण्डले भने,– ‘प्रतिक्रियावादीहरुले हाम्रो उपलब्धी उल्टाउन तारो माओवादी र त्यसको पनि नेता प्रचण्डलाई बनाउन खोजिएको छ । प्रचण्ड प्रचण्डले जन्माएको होइन, ब्यक्ति होइन प्रचण्ड । एउटै युगमा थुप्रै प्रचण्ड हुन सक्दैन । जनता वलिदानले पैदा गर्ने हो । वर्गसंर्घषका रुपमा प्रतिक्रियावादीले सिध्याउन खोज्छन, जनताले बचाउन खोजेका छन् । ’









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
प्रतिक्रिया