मंगलबार, वैशाख ९, २०८२

टी–२० विश्वकपको उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दै

मेरोन्यूज २०७८ कार्तिक २८ गते ७:१८

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको उपाधिका लागि आज खेल हुदैछ । फाइनल खेल आज बेलुका पौने आठ बजे दुबईको अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । उपाधिका लागि फाइनलमा अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् ।

दुवै टोली टी–२० विश्वकपको उपाधि जित्ने होडमा छन् । अस्ट्रेलियाले दोस्रो पटक उपाधिका लागि खेल्दैछ भने न्युजिल्यान्ड पहिलो उपाधिका लागि खेल्न लागेको हो । अस्ट्रेलिया सुपर १२ मा समूह एकको उप विजता हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

त्यस्तै न्युजिल्यान्ड पनि समूह दुईको उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । यी दुई टोलीबीच भएका १४ टी–२० खेलमा अस्ट्रेलियाले ९ तथा न्युजिल्यान्डले ५ खेल जितेको छ ।

प्रतिक्रिया