आजदेखि १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप
मेरोन्यूज
२०७८ कार्तिक २८ गते ८:०१

काठमाडौँ । सरकारले १२ वर्षमाथिका दीर्घ रोगीलाई कोभिड-१९ विरुद्धको फाइजर खोप दिँदैछ । सरकारले आजदेखि १२ वर्षमाथिका आठ प्रकारका दीर्घरोगीलाई फाइजर खोप दिन लागेको हो ।
आजदेखि सुरु भएको खोप अभियान मंसिर चार गतेसम्म चल्नेछ । सरकारले खोप लगाउनका लागि देशभर २४ वटा अस्पताल तोकेको छ । खोप काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी जम्मा २४ वटा अस्पतालका खोप केन्द्रमा लगाइने छ । सरकारले तोकेका अस्पतालहरुमा बिहान १० देखि ४ बजेसम्म फाइजर खोप लगाउन पाइनेछ ।
खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घरोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ । खोपको दोस्रो मात्रा मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुनेछ । कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने बताइएको छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया