टी–२० विश्वकपको उपाधि अस्ट्रेलियालाई
मेरोन्यूज
२०७८ कार्तिक २९ गते ६:३८

काठमाडौँ । अस्ट्रेलियाले पहिलोपटक टी–२० विश्वकपको उपाधि जितेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा न्युजिल्यान्डलाई आठ विकेटले हराउदै अस्ट्रेलियाले उपाधि जितेको हो ।
न्युजिल्यान्डले दिएको एक सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले दुई विकेट गुमाएर सात बलअघि भेटायो । अस्ट्रेलियाका लागि डेभिड वार्नर ५३ रन, मिचेल मार्शले ७७ रन र ग्लेन म्याक्सवेलले २८ रन बनाए । बलिङतर्फ ट्रेन्ट बोल्टले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो ।
न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ८५ रन, मार्टिन गुप्टिलले २८ र ग्लेन फिलिप्सले १८ रन बनाए । बलिङतर्फ जोश हेजलवूडले तीन विकेट र एडम जम्पाले एक विकेट लिए । योसँगै टी-२० विश्वकपले नयाँ च्याम्पियन पाएको छ ।
सम्बन्धित

















सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको प्रतिवेदन
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
प्रतिक्रिया