मंसिर पहिलो साता काठमाडौंमा ‘खेल नीति सम्मेलन’ हुने

काठमाडौं । आगामी मंसीर ५ र ६ गते काठमाडौंमा ‘खेल नीति सम्मेलन’ हुने भएको छ ।
नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
खेलकुद क्षेत्रको समग्र विकासका लागि देखिएको नीतिगत झमेला अन्त्य गर्ने मूल उद्देश्यका साथ सो सम्मेलन आयोजना गर्न लागिएको महासंघका अध्यक्ष रमेश पौडेलले बताए ।
राष्ट्रिय स्तरका खेल संघहरु विघटन तथा खारेजी हुने अवस्थामा पुग्नुको कारण र ती समस्या समाधानका लागि दिशा निर्देश गर्न पनि सो सम्मेलनले सघाउने पु¥याउने अपेक्षा गरिएको महासंघले जनाएको छ ।
विभिन्न खेलका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी, राष्ट्रिय खेल क्षेत्रका संघका नेतृत्व, खेलसँग सम्बन्धित विश्वविद्यालयका पदाधिकारीहरुसहितको सहभागीता हुने सो सम्मेलनको नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
सो सम्मेलनका लागि महासंघले १३ लाख ५० हजार रुपैयाँ खर्चको व्यवस्थापन गर्ने जानकारी गराइएको छ । यातायात, आवास तथा अन्य खर्चको व्यवस्थापन सहभागीहरु आफैंले वा सम्बन्धित संघ, संस्थाहरुले गर्नुपर्ने महासंघका अध्यक्ष पौडेलले बताए ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया