मंसिर पहिलो साता काठमाडौंमा ‘खेल नीति सम्मेलन’ हुने

काठमाडौं । आगामी मंसीर ५ र ६ गते काठमाडौंमा ‘खेल नीति सम्मेलन’ हुने भएको छ ।
नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
खेलकुद क्षेत्रको समग्र विकासका लागि देखिएको नीतिगत झमेला अन्त्य गर्ने मूल उद्देश्यका साथ सो सम्मेलन आयोजना गर्न लागिएको महासंघका अध्यक्ष रमेश पौडेलले बताए ।
राष्ट्रिय स्तरका खेल संघहरु विघटन तथा खारेजी हुने अवस्थामा पुग्नुको कारण र ती समस्या समाधानका लागि दिशा निर्देश गर्न पनि सो सम्मेलनले सघाउने पु¥याउने अपेक्षा गरिएको महासंघले जनाएको छ ।
विभिन्न खेलका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी, राष्ट्रिय खेल क्षेत्रका संघका नेतृत्व, खेलसँग सम्बन्धित विश्वविद्यालयका पदाधिकारीहरुसहितको सहभागीता हुने सो सम्मेलनको नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
सो सम्मेलनका लागि महासंघले १३ लाख ५० हजार रुपैयाँ खर्चको व्यवस्थापन गर्ने जानकारी गराइएको छ । यातायात, आवास तथा अन्य खर्चको व्यवस्थापन सहभागीहरु आफैंले वा सम्बन्धित संघ, संस्थाहरुले गर्नुपर्ने महासंघका अध्यक्ष पौडेलले बताए ।

















आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्न सहकार्य
Chitwan and Koshi face severe blood crisis, Red Cross appeals for blood donation
सुनसरीमा सवारी दुर्घटना हँुदा एकको मृत्यु, एक जना घाइते
वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु
सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया