मुगुमा आगलागी हुँदा १७ घर र ३ घुम्ती पसल जलेर नष्ट
मेरोन्यूज
२०७८ कार्तिक ३० गते ७:२८

काठमाडौँ । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । गएराति साढे १२ बजेतिरबाट आगलागीमा ठूलो क्षती भएको प्रतक्ष्य दर्शी गणेश अधिकारीले बताए ।
आगलागीबाट १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएको बताइएको छ । खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान साढे ४ बजे आगो नियन्त्रणमा लिइएको छ ।
आगलागीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । धनमाल कति क्षति भयो भन्नेबारे पनि एकिन विवरण आइनसकेको बताइएको छ । आगलागीमा १७ घर र ३ घुम्ती पसल जलेर नष्ट भएका छन् भने १ घर आगो नभिउने क्रममा भत्कीएको जनाइएको छ ।
सम्बन्धित












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया