फलेवासका छ हजार कृषकलाई तरकारीको बीउ वितरण

पर्वत । पर्वतको फलेवास नगरपालिकाका छ हजारभन्दा बढी कृषकलाई मौसमी तथा बेमौसमी तरकारीको बीउ वितरण गरिएको छ । नगरलाई तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाले सबै वडाका किसानलाई तरकारीको बीउ वितरण गरिएको हो । नगरपालिकाले विगत तीन वर्षदेखि सञ्चालन गरेको बहुआयामिक कार्यक्रम क्लिन फलेवास ग्रीन फलेवास अभियानअन्तर्गत ‘एक घर, एक बगैँचा’ कार्यक्रम र क्लीन हाउस ग्रीन हाउसका लागि बीउ वितरण गरिएको अभियानका संयोजक कमल घिमिरेले जानकारी दिएका छन् ।
नगरपालिकाका प्रत्येक घरधुरीमा रायो, मूला, सलगम, पालुङ्गो, गाँजर र धनियाँलगायत तरकारीका बीउ निःशुल्क वितरण गरिएको घिमिरेले बताए । नगरपालिकाले निःशुल्क उपलब्ध गराएको बीउ लगाएर निर्वाहमुखी खेती गर्दै आएका कृषक व्यावसायिक र व्यावसायिक रुपमा लागेकाको अझै उत्पादन वृद्धि होस भन्ने अपेक्षा नगरको छ । नगरपालिकाले यस वर्ष क्लीन हाउस ग्रीन हाउस कार्यक्रमका लागि चार लाख विनियोजन गरेको थियो । बजेटबाट बीउ वितरण गरिएको संयोजक घिमिरेले जानकारी दिए । “नगरपालिकाका भरिका करिब छ हजार घरधुरीमा प्रति घरधुरीका लागि ७० बराबरको ६ प्रकारको तरकारीको बीउ वितरण गरिएको छ”, उनले भने, “कृषकले मौसमअनुसार र आफ्नो क्षेत्रको हावापानी अनुकूलका तरकारी उत्पादन गर्न सक्नेछन् ।”
यस्तो अभियान अघिल्ला वर्षमा पनि गरिएको र आव २०७६/७७ मा फलेवासका नगरका ११ वटै वडामा करिब ४०० प्लाष्टिक टनेल वितरण गरिएको उनको भनाइ छ । फलेवासले नगरभित्रका व्यावसायिक किसानका उत्पादन वृद्धि गर्नका लागि छिट्टै अर्को कार्यक्रम पनि ल्याउने तयारी गरेको छ । नगरपालिकाले निःशुल्क तरकारीको बीउ वितरण गरेपछि नगरवासी हर्षित बनेका छन् । बीउको सही सदुपयोग गरी तरकारी उत्पादनमा जोड दिने वडा नं ६ देविस्थानका अगुवा कृषक देवीप्रसाद भुसाल बर्मेलीले बताए ।
तरकारीको बीउ सितोष्ण बागवानी विकास केन्द्र मार्फा, मुस्ताङ र पोखरा मालेपाटनबाट ल्याइएको नगरपालिकाका कृषि अधिकृत सन्तोष सुवेदीले बताए । सरकारी फर्ममा उत्पादन गरिएको उन्नत जातको गुणस्तरीय बीउ लिएर किसानलाई वितरण गरिएको उनको भनाइ छ ।
कृषकलाई कृषि पेशाबाटै आत्मनिर्भर बनाउने उद्देश्यले फलेवासले यस अघि निःशुल्क रुपमा फलफूलका विरुवा विवरण गरेको थियो भने बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गरेको थियो । नगरपालिका अहिले तरकारी र मौसमअनुसार फलफूलमा आत्मनिर्भर बनेको नगरप्रमुख पदमपाणि शर्माले बताए । अब नगरबाट निर्यात गर्नेगरी खेती विस्तार गर्नतर्फ किसानलाई प्रोत्साहित गरिने उनको भनाइ छ ।

















इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
निजी कार दुर्घटनामा तीन जनाको मृत्यु, दुई घाइते
उडान अनिश्चत भएपछि भन्छन् – ‘न भोट हाल्न पाइने भो, न विदेश जान’
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया