देशभर थप ३७७ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा ६५०५ जनामा पीसीआर परिक्षण गर्दा ३३९ जना र २६४४ जनामा एन्टीजेन परिक्षण गर्दा ३८ जना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण पुष्टी भएका थप चार जनाको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसंगै हालसम्म कोरोना संक्रमणवाट मृत्इु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ ।
यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९८ हजार ७१४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार काठमाडौं जिल्लामा १०१ जना, ललितपुर जिल्लामा ३३ जना र भक्तपुर जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ ।
















उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया