टी–२० क्रिकेट सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । कतारसँगको टी–२० क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
बुधबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई ६१ रनले पराजित गर्दै एक खेल अगावै शृंखला २–० ले आफ्नो पक्षमा पारेको छ ।
योसँगै नेपालले पहिलो पटक खेलेको खेलमा अन्तर्राष्ट्रिय क्रिकेट श्रृंंखला हात पारेको छ । मंगलबार भएको पहिलो खेलमा नेपालले कतारलाई एक सय १९ रनले पराजित गरेको थियो ।
बुधबार दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको कतार १९.३ ओभरमा ६८ रनमा समेटिएको थियो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अर्धशतकीय पारी खेल्दा कविता कुँवरले ३१ र अप्सी बेगमले अविजित रहँदै २३ रन जोडिन् । बलिङतर्फ एन्जेलिन मारेले दुई विकेट लिइन् ।
नेपालकी सरस्वती कुमारीले ४, रुबिना क्षेत्रीले २ तथा संगीता राई, सबनम राई र कविता जोशीले समान एक एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रनको योगफल खडा गरेको थियो ।
तीन खेलको सिरिजको अन्तिम खेल बिहीबार दिउँसो पौने चार बजे हुनेछ ।
आइसीसी महिला टी ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीका लागि नेपाली टोली कतार भ्रमणमा निस्किएको हो । एसिया छनोट आगामी सोमबारदेखि युएईमा हुँदैछ । जसका लागि नेपाली टोली शुक्रबार त्यसतर्फ जाँदैछ ।
प्रतिक्रिया