तीन कर्मचारी प्रमुख विशेषज्ञमा बढुवा
मेरोन्यूज
२०७८ मंसिर २ गते १७:३६

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त प्रमुख विशेषज्ञ पद अर्थात १२ औँ तहमा तीन जना डाक्टर बढुवा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले डा भिमसिंह तिंकरी, डा. श्यामसुन्दर यादव,र डा गुणराज लोहनीलाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए।
गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो।
जसमा बाँकेको भेरी अस्पतालका डा श्यामसुन्दर यादव, व्यवस्थापन महाशाखाका निर्देशक डा भिमसिंह तिंकरी, पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा श्रीकृष्ण श्रेष्ठ, प्रसूति गृहकी निर्देशक डा.संगिता मिश्र र मन्त्रालयको नीति योजना तथा अनुमगन महाशाखा प्रमुख डा गुणराज लोहनीको नाम १२औं तहका लागि सिफारिस गरेको थियो।
सम्बन्धित
















यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया