नेपालको कतारमाथि सानदार जीत

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा सानदार जीत हासिल गरेको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा आज भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा कतारलाई १०९ रनले हराउँदै नेपालले सिरिज ३–० ले आफ्नो पक्षमा बनाएको हो ।
नेपालले आफ्नो पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै क्लिन स्विप गर्दै ऐतिहासिक सफलता हात पारेको हो । यसअघि नेपालले पहिलो खेलमा कतारलाई ११९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो । जीतका लागि १६५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली कतार निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रनमा समेटियो । कतारकी शीर्ष क्रमकी ब्याट्सवुमन एलिना खानले ३३ बलमा तीन चौकासहित सर्वाधिक १९ रन बनाइन् ।
त्यस्तै कप्तान आयशा १४ बलमा एक चौका र एक छक्कासहित १३ रनमा क्याच आउट भइन् भने अन्य खेलाडीले दोहारो अङ्कमा रन बनाउन सकेनन् । नेपालका लागि कप्तान रुविना क्षेत्री, सरस्वती कुमारी चौधरी र सवनम राईले समान १र१ विकेट हात पारे ।
त्यसअघि पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६४ रन बनाएको थियो । नेपालका लागि सीता राना मगरले अविजित रहँदै ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन् । सीताले ७२ बलमा ७ चौका प्रहार गरिन् । यस्तै ज्योति पाण्डेले २४ तथा डोली भट्टले १२ रन बनाइन् । काजल श्रेष्ठ १२ रनमा आउट भइन् भने सरिता मगर १७ रनमा अविजित रहिन् । कतारकी एञ्जेलिन मारे, साची ढाटवाल र आयशले १र१ विकेट लिइन् ।
आइसिसी महिला टी–ट्वान्टी विश्वकपको एशियाली छनोटको तयारीस्वरूप नेपालले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेलेको हो । छनोट यही मङ्सिर ६ देखि १२ गतेसम्म दुबईमा आयोजना हुनेछ । नेपाली टिम कतारबाटै भोलि दुबई प्रस्थान गर्नेछ । छनोटमा छ टिम सहभागी छन् । नेपालसहित युएई, हङ्कङ, भूटान, कुवेत र मलेसियाले सहभागिता जनाउने छन् ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभामा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
प्रतिक्रिया