ए डिभिजन लिग फुटबल आजदेखि

काठमाडौं । ए डिभिजन लिग फुटबल आज शुक्रबारबाट सुरु हुँदैछ । सहिद स्मारक ए डिभिजन लिग–२०७८ फुटबल प्रतियोगिता आजदेखि सुरू हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सातदोबाटो र फ्रेन्ड्सबीचको खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ । आज सातदोबाटो र फ्रेन्ड्स दुबै टिम जित निकाल्दै लिगमा सुखद सुरुआत गर्ने योजनामा रहेका छन् ।
गत सिजन शीर्ष डिभिजनमा बढुवा भएको सातदोबाटोले लिगको उद्घाटन खेल खेल्दै ए डिभिजनमा डेब्यू गर्दैछ । सातदोबाटो मेघराज केसीको प्रशिक्षणमा मैदान उत्रदैछ । डेब्यु लिगमा सातदोबाटो उत्कृष्ट नतिजा ल्याउने योजनामा रहेको छ । सातदोबाटोका कप्तान मान बहादुर तामाङले यस पटक आफूलाई प्रमाणित गर्ने अवसर भएको बताउछन् ।
‘चुनौतीको रुपमा लिएको छु । यो आफूलाई प्रमाणित गर्ने अवसर पनि हो । अरु खेलाडीहरुसँग अनुभव साट्ने छु । टिमको विदेशी खेलाडीहरुले युवा खेलाडीलाई मोटिभेट गर्नेछन् उनले भने । फ्रेन्ड्सले लामो समयबाट लिग खेल्दै आएको छ । तर, फ्रेन्ड्सले लिगको उपाधि जित्न सकेको छैन ।’ फ्रेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र प्रसाद मिश्रले सातदोबाटोविरुद्धको खेल कठिन हुने बताए ।
‘हाम्रो पहिलो उदेश्य भनेको सुरक्षित हुने, रेलिगेसनबाट बच्ने अनि त्यपछि छैटौं सातौसम्म आउने रहेको छ ।’, मिश्रले भने, ‘सातदोबाटो बलियो छ नयाँ क्लब र नयाँ जोसका साथ आएको छ ।’ कुल ९१ खेल हुने लिगमा एु डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् । अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो । यस पटकको लिग विजेताले ७५ लाख पाउने छन् । यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन् ।

















सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको प्रतिवेदन
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया