‘ए’ डिभिजन लिगः थ्रीस्टारको विजयी शुरुवात

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टार क्लवले विजयी शुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो दिनको दोस्रो खेलमा शनिवार थ्रीस्टारले च्यासल युथ क्लबलाई ३–० ले पराजित गरेको हो ।
थ्रीस्टारका लागि खेलको २१ औं मिनेटमा निशान खड्काले, ४५ औं मिनेटमा बिदेशी खेलाडी राफायल र ५८ औं मिनेटमा अनन्त तामाङले गोल गरेका थिए ।
च्यासल युथले पाएको एक पेनाल्टीको अवसर पनि गुमाउन पुग्यो । च्यासलका लागि विकास मेराग्लियाले हानेको पेनाल्टी पोलबाट बाहिरियो ।
जीतपछि थ्री स्टारले ३ अंक जोडेको छ । थ्री स्टारले अर्को खेलमा ललितपुरकै सातदोबाटो युथ क्लबसंग खेल्नेछ भने च्यासलले विभागीय टोली नेपाल एपीएफ क्लबसंग खेल्नेछ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबारका पहिलो खेलमा संकट क्लव र हिमालयन शेर्पाले एक एक गोलको बराबरी गर्दै अंक बाँडेका थिए ।
लिगको आइतबारको खेलमा ब्रिगेड ब्वाईज क्लब र नेपाल एपीएफ क्लब तथा जावलाखेल युथ क्लब र मनाङ मस्र्याङदी भिड्नेछन् ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया