बडुवाल हत्याका आरोपी धरानबाट पक्राउ
मेरोन्यूज
२०७८ मंसिर ६ गते १६:५८

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय युवा भूपेन्द्र बडुवालको हत्याका आरोपीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले लम्कीचुहा–१ का चिसापानीका १९ वर्षीय मदन शाहीलाई पक्राउ गरेको हो । शाहीलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले आइतबार बिहान धरानबाट पक्राउ गरेको हो ।
शाही सुनसरी आएको सूचना पाएपछि प्रहरीले खोजी तीब्र पारेको थियो ।
बडुवालको गत कात्तिक २३ गते राति टीकापुरमा हत्या भएको थियो । हत्या आशंकामा १६ जनाविरूद्ध परिवारले किटानी जाहेरी दिएका छन् ।
किटानी जाहेरी परेकामध्ये शाहीसहित सात जना फरार थिए ।
सम्बन्धित













ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया