शनिबार, पुष १९, २०८२

एक हप्तादेखि हराएकी महिला मृत फेला

मेरोन्यूज २०७८ मंसिर ७ गते १०:४१

काठमाडौँ । गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन् । गोरखा नगरपालिका १२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराइरहेकी थिइन् । उनलाई सोमबार साँझ गोरखा नगरपालिका १२ खत्रे बेँसीस्थित दरौदीखोला किनारमा मृत फेला पारिएको हो ।

तामाङको शव परीक्षणका लागि गोरखा अस्पतालमा ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया