आइतबार, वैशाख ६, २०८३

चुनाव लडेको भन्दैमा जिल्ला नै उसको हुँदैन : ओली

मेरोन्यूज २०७८ मंसिर ७ गते १५:३०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक पटक चुनाव लड्दैमा जिल्ला उसैको नहुने बताएका छन् । मंगलबार सम्पादकसँग अन्तक्रिया गर्दै अध्यक्ष ओलीले एक पटक चुनाव लड्दैमा जिल्ला उसैको नहुने बताए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

उनले प्रचण्डलाई लक्षित गर्दै सो बताएका हुन् । यसअघि प्रचण्डले आफुलाई सिध्याउन एमालेले १०औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्न लागेको बताएका थिए । ओलीले त्यसको जवाफमा फर्काएका थिए ।

उनले भने, ‘कोही चुनाव कतैबाट लडेको छ भन्दैमा जिल्लै उसको हुने रु म कतैबाट हिँडे भने उनले मलाई सिध्याउन हिँड्यो भन्न बेर छैन । उहाँसँग मेरो लिनुदिनु कुरै होइन । उहाँलाई मेरो निर्वाचन क्षेत्रमा भन्ने लागेको छ भने दमकमा आएर गर्नुहोस् न त । दमकमा आएर गरे हुन्छ ।’ प्रचण्डसँग आफ्नो लिनुदिनु केही नभएको ओलीले बताए ।

प्रतिक्रिया