बुधबार, मंसिर २४, २०८२

भारतको जी र सोनी टेलिभिजन मर्ज हुँदै

मेरोन्यूज २०७८ मंसिर ८ गते १३:०२

काठमाडौँ । भारतका दुई लोकप्रिय मनोरञ्जन टेलिभिजन एक आपसमा गाभिने (मर्ज) मा जाने भएका छन् । जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिमिटेड र सोनी पिक्सचर्स नेटवर्क लिमिटेड मर्जमा जान लागेका हुन् । उनीहरुको मर्ज प्रक्रिया अन्तिम चरणमा पुगेको दी इकोनोमिक टाइम्सले जनाएको छ ।

२ टेलिभिजनको मर्जले सिँगो भारतीय मिडिया क्षेत्रलाई नै बलियो बनाउने जी इन्टरटेन्मेन्टका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुनित गोयन्कालाई उदृत गर्दै दी इकोनोमिक टाइम्सले जनाएको हो । जी र सोनी मिलेर मिडिया इन्टरटेन्मेन्टको क्षेत्रमा भारतको सबैभन्दा ठूलो कम्पनी बन्ने गोयन्काको दाबी छ ।

दुई मिडिया हाउस मिलेपछि कम्पनीको समग्र आम्दानी २ अर्ब डलरको नजिक पुग्ने उनले जानकारी दिए । सोनीले आफ्नो १ अर्ब ५७ करोड ५० लाख डलरको पुँजी मर्ज पछिको संगठित संस्थामै लगानी गर्ने बताएको छ ।

यसबाट स्पोर्ट्स लगायतका प्रिमियम मनोरन्जन सामग्री उत्पादनमा मद्दत मिल्ने उनको विश्वास छ । गोयन्काले मर्जपछि संगठित मिडिया हाउसले प्रिमियम सामग्री उत्पादन थाल्ने बताएका छन् ।

जीले टेन स्पोर्ट्स अन्तर्गतको आफ्नो स्पोर्टस व्यवसाय २०१७ मा एसपीएनलाई २४ सय करोड भारुमा बिक्री गरेको थियो । ५ वर्षसम्मका लागि प्रतिस्पर्धा नगर्ने सर्तमा हस्ताक्षर गरेको थियो । दुबै च्यानल मर्ज भएपछि खेलकूद सामाग्रीमा केन्द्रित हुने उनले बताए ।

प्रतिक्रिया