आइतबार, वैशाख ६, २०८३

नेपाली काँग्रेस कैलालीको अधिवेशन स्थगित

महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गरिने

मेरोन्यूज २०७८ मंसिर १० गते १६:३६

कैलाली । नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्नै काँग्रेस कैलालीले केन्द्रीय महाधिवेशनपछि गर्ने गरी जिल्ला अधिवेशन स्थगित गरिएको जनाएको छ ।

पार्टी सभापति नरनारायण शाह (मनु)ले कैलालीको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुने बताए । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत जिल्ला अधिवेशन यही मंसिर १० गते देखि ११ गते मतदान प्रक्रिया हुने भनिएकोमा शुक्रबार बसेको जिल्ला कार्य सम्पादन समितिको बैठकले जिल्ला अधिवेशन स्थगित गरेको उनले बताए ।

प्रदेश अधिवेशन धनगढीमा मंसिर १६ र १७ गते हुने र त्यसको तयारीका लागि समय प्राप्त नहुने भएकाले अधिवेशन सारिएको सभापति शाहले बताए ।

‘जिल्ला अधिवेशनर्का लागि आवश्यक प्राविधिक एवम् व्यवस्थापकीय कार्यको तैयारी तत्काल गर्न सकिएन,’ उनले भने, ‘तयारी अभावकै कारण जिल्ला कार्य समितिको जिल्ला अधिवेशन अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो ।’

उनले जिल्ला अधिवेशन गर्न एक हप्ता भन्दा पनि बढी दिन लाग्न सक्ने हुँदा प्रदेश अधिवेशनका लागि समय नपुग्ने देखिएको बताए ।

‘अधिवेशनमा २५ सयको संख्यामा प्रतिनिधि आएमा उहाँहरुको उपस्थितमा निर्वाचन प्रक्रिया अगाडि बढाउँदा झण्डै ५/७ दिन लाग्छ,’ उनले भने, ‘यदि मतगणना भयो र पहिलो चरणमा निर्णय भएन भन्ने दोस्रो चरणमा पनि जाने भन्ने कुरा हुन्छ । दोस्रो चरणमा जाँदा झन बढी समय लाग्छ ।’
उनले क्षेत्र नम्बर ४ को बिवादकै कारण भने अधिवेशन नसरेको स्पष्ट पारे । ‘क्षेत्र नम्बर ४ को अधिवशेन सम्पन्न भइसकेको छ,’ उनले भने, ‘निर्वाचन अधिकृतबाट प्रतिवेदन आउन बाँकी छ त्यसलाई नै ढिलाइ भन्न मिल्दैनन् ।’

सभापति शाहले प्रदेश र जिल्ला अधिवेशनमा आन्तरिक तयारीमा कमी भयो भने भन्न मिल्ने बताए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रतिक्रिया