एमाले महाधिवेशनले रोकिएको कांग्रेस चितवनको अधिवेशन बुधबारदेखि
काठमाडौँ । नेपाली कांग्रेस चितवनको अधिवेशन बुधबारदेखि सुरु हुने भएको छ । पहिलो दिन उद्घाटन र मनोनयन हुने छ भने मंसिर १८ गते निर्वाचन गर्न सिफारिस गरिएको छ ।
कांग्रेस चितवन कार्य समितिको आइतबार बसेको बैठकले निर्वाचन समितिलाई अधिवेशनको मिति सिफारिस गरेको जिल्ला सचिव उत्तम जोशीले जानकारी दिए ।
मंसिर १५ देखि १७ गतेसम्म बागमती प्रदेश समितिको निर्वाचन प्रक्रिया हुने भएकाले १८ गते मात्र पार्टीको जिल्ला कार्य समितिको निर्वाचन गर्न लागिएको हो । यही मंसिर ११ गते निर्वाचन गर्ने भनिएकामा नेकपा एमालेको राष्ट्रिय महाधिवेशनका कारण आवास र आवतजावतको समस्या हुने भन्दै स्थगित गरिएको थियो ।
आज बसेको बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ । कांग्रेसको विधानमा जिल्ला सभापतिका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्ने भएकाले दोस्रो चरणमा निर्वाचन गर्नु पर्ने हुन्छ । यसका लागि कम्तीमा तीन दिन लाग्ने बताइएको छ । सभापति पदका ६ प्रत्यासी छन् ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया