बुधबार, पुष ९, २०८२

आज तपाईको राशीफल कस्तो ?

मेरोन्यूज २०७८ मंसिर १६ गते ६:११

आज २०७८ साल मंसिर महिनाको १६ गते बिहीबार, मंसिर कृष्णपक्षको त्रयोदशी तिथि । आज पशुपतिनाथ मेला, त्रिवेणीहरुमा मेला, हलेसी महादेव मेला, झापा सताक्षीधाम तथा अर्जुनधारा मेला तथा धादिङ्ग लामाचिरा मेला रहेको छ ।

मेष
पेशागत जीवनमा सकारात्मक प्रगतिहरु हासिल हुने छन् । नरम र लचिलो प्रकृतिको व्यक्तित्व हुँदा सबैसँग मिलनसार बानी हुनेछ । परिवारको साथले गर्दा व्यक्तित्वमा दृढता आउने छ भने मनमा पनि सन्तोष उत्पन्न हुने छ । भाग्यहिनताले गर्दा मनमा हिनताबोध लागि रहने छ । कर्मप्रति विभिन्न लक्ष्यहरुका बारेमा मनमा चिन्तन आउने छन् ।

वृष
पेशागत जीवनमा अवरोधहरुको सामना गर्नु पर्ने छ भने आरोप प्रत्यारोपको पनि सामना गर्नुपर्ने भएकाले धैर्यतापूर्वक पाइलाहरु चाल्नु होला । मनमा दुविधाको मात्रा अत्याधिक आउँदा निर्णय क्षमतामा कमि आउने छ । व्यक्तित्व भने दृढ प्रकृतिको हुँदाहुँदै पनि बौद्धिकताको अभावले गर्दा सामाजिक प्रतिष्ठामा आँच आउने छ । धेरै बोल्ने भन्दा सुन्ने गर्नाले शुभ हुने छ ।

मिथुन
पेशागत जीवन सकारात्मक रहने छ । उचित कार्य मुल्यांकन हुने छ भने थप जिम्मेबारी प्राप्त हुनेछ । व्यावसायमा संलग्नहरुका लागि पनि नाफामा बृद्धि हुने र आम्दानीमा बढोत्तरी हुन जाने छ । कामको शिलशिलामा यात्रारत रहनु पर्ने हुन्छ । बोलीमा रुखोपना आउने भएकाले संयमित रहनु होला । नयाँ नयाँ क्षेत्रमा हात हाल्न उत्साह र उमङ्ग तथा जोश आउने छ ।

कर्कट
पेशागत जीवनमा उत्तनि तथा प्रगतिका परिणामहरु आउने छन् । जसले मनमा सन्तोष उत्पन्न गराई दिने छ । आम्दानीमा पनि बृद्धि हुने छ । रिस भने कडा खालको हुने भएकाले यसको नियन्त्रणमा संयमित रहनु नै उपयुक्त हुने छ । बोली भने नरम हुने हुँदा अरुलाई नबिझाउने खालको हुने छ । प्रेममा सफलता मिल्ने छ ।

सिंह
पेशागत क्षेत्र शुभ नै रहने छ भने कमाईको मात्रामा पनि बढोत्तरी हुन जाने छ । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्ने भएकाले सतर्कतापूर्वक पाइला चाल्नु होला । आफ्नो सपना र लक्ष्य पुरा गर्नका लागि समर्पित हुने तथा क्रियाशिल रहने व्यक्तित्व हुने हुँदा अरुले पनि कदर गर्ने छन् । मनमा पश्चातापका क्रम आइरहने छन् ।

कन्या
पेशागत जीवन औसत खालको रहने छ । आम्दानीको अंश अनुत्पादक क्षेत्रमा गाडिन जाने चुनौति देखिएकाले निकै सोच विचार गरेर मात्र आम्दानीको प्रयोग गर्नु उचित हुने छ । दृढ खालको व्यक्तित्व हुने हुँदा अरुले हेप्न सक्ने छैनन् । कतिपय सन्दर्भमा अत्याधिक कडाखालको सोच देखिने भएकाले यस्ता विषयमा लचक रहनु व्यावहारिक हुने छ । झुटा आरोपहरु खेप्नु पर्ने छ ।

तुला
पेशागत जीवनमा प्राप्त हुने प्रतिफलबाट व्यक्तित्वको ख्याति बढ्ने छ । तर आम्दानी भने सोचे जस्तो नहुँदा प्राप्त ख्याति धान्न मुस्किल पर्न जाने छ । व्यक्तित्व दृढ खालको हुने भएकाले अरुले हेप्न सक्ने छैनन् । घर घडेरी तथा जग्गा जमिन क्षेत्रबाट फाइदा प्राप्त हुने छ । परिवारमा सुमधुर सम्बन्ध देखा पर्ने छ ।

वृश्चिक
पेशागत जीवनमा चुनौतिपूर्ण समय सक्रिय रहेकाले निकै धैर्यतासाथ व्यवहार गर्नु नै उचित हुने छ । व्यक्तित्वमा शिथिलता देखा पर्न जानेछ । भाग्यहिनताको अवस्थाले गर्दा उन्नति तथा प्रगतिका क्रमहरुमा ब्यवधानहरु आउने हुँदा मनमा निराशा छाउने छ । कमाईको मात्रामा हुने बृद्धिले केही राहत प्रदान गर्ने छ । दाम्पत्य जीवनमा कटुताका क्रमहरु रहने छन् ।

धनु
बोलीको प्रभावकारितामा कम हुने भएकाले संयमितता अपनाउनु होला । जीवनसाथिको सल्लाह बमोजिम कदम चालेमा पेशागत जीवनलाई स्थिर बनाउन ठुलो मद्धत मिल्ने छ । अध्ययन अध्यापनमा सुस्ताता आउने छ । सामाजिक सोचाई भएको व्यक्तित्व बन्ने छ । मनमा चञ्चलताका क्रम निकै धेरै आउने हुँदा अस्थिरताको आभाष हुने छ ।

मकर
पेशागत जीवनमा प्राप्त हुने प्रतिफलले भाग्य निर्माण गर्ने छ । पेशागत करियरमा पदोन्नति तथा कदर प्राप्त हुने छ । कार्य मुल्यांकनमा सन्तोषजनक समय रहेको छ । भाग्यको बलियो साथ रहेकाले बोलीको प्रभाव बढ्न जाने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । नकारात्मक सपनाले पिरोल्ने छ ।

कुम्भ
पेशागत जीवनमा द्वन्दात्मक वातावरण उत्पन्न हुन जाने छ । प्रतिष्पर्धात्मक स्वाभाव कायम हुने भएकाले अरुबाट हेपिनबाट भने जोगिने छ । तर उल्झनहरुको भने सामना गरेरै अघि बढ्नु पर्ने बाध्यात्मक अवस्था आउने छ । साझेदारमा गरिएका कामहरु नतिजामुखि बन्न जाने छन् । बोलीमा आउने रुखोपनाले जीवनमा व्यवधान ल्याउने भएकाले संयमित रहनु होला । निर्णय क्षमतामा गिरावट आउने छ ।

मीन
पेशागत जीवनमा विशेष प्रकृतिको लाभ प्राप्त हुने छ । कमाईमा पनि बृद्धि हुने छ । राम्रो परिणामहरु आउँदा आउँदै पनि मनमा भने सन्तोषको भाव आउने छैन, निराशाले गाँज्ने भएकाले मन नियन्त्रणमा हरदम प्रयास गर्नु होला । व्यावसायीको हकमा धेरै जोखिम भन्दा निरन्तरतामा जोड दिँदा उचित हुने छ । धर्म–अध्यात्ममा मन केन्द्रीत हुने छ ।

(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया