यी १६ जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै

काठमाडौँ । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत १६ जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ । समितिका सचिव जगन्नाथ श्रेष्ठले बिहीबारदेखि सबै प्रदेशमा प्रदेश अधिवेशन सुरू हुने भएकाले अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै गरिने बताए
उनले भने, ‘अहिले जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गरेका छौँ ।’ कांग्रेसले बिहीबार सबै प्रदेशको अधिवेशन सुरू गर्दै छ ।
निर्वाचन हुन बाँकी १६ जिल्लामा केन्द्रीय महाधिवेशनपछि निर्वाचन समितिले नयाँ कार्य तालिका सार्वजनिक गर्ने छ । सोहीअनुसार अधिवेशन हुनेसमेत उनले जानकारी दिए ।
उनका अनुसार प्रदेश २ का आठ जिल्ला बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीसहित चितवन, कैलाली र बाँकेलगायत १६ जिल्लामा अधिवेशन हुन सकेको छैन । हालसम्म ६१ जिल्लामा जिल्ला अधिवेशन भइसकेको छ । केन्द्रीय महाधिवेशन भने मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदै छ ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया