ओमिक्रोनबारे अफ्रिकी वैज्ञानिकको नयाँ चेतावनी

एजेन्सी । कोरोनो भाइरस (कोभिड-१९) को नयाँ रुपमा देखिएको ओमिक्रोनबारे दक्षिण अफ्रिकी वैज्ञानिकहरूले नयाँ चेतावानी दिएका छन् । उनीहरुले ओमिक्रोन डेल्टाभन्दा बढी संक्रामक भएको उल्लेख गरेका हुन् । ओमिक्रोनलाई दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरूले पहिचान गरेका थिए ।
अनुसन्धानकर्ता वैज्ञानिकहरूले ओमिक्रोनको बारेमा नयाँ चेतावनी जारी गरेका हुन् । ओमिक्रोनबारे पहिचान गरेर ( WHO) लाई रिपोर्ट गरेका थिए । अनुसन्धानकर्ताका अनुसार ओमिक्रोनले प्रायः युवाहरूलाई शिकार गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास विश्वभर फैलिएको छ । ओमिक्रोनको वास्तविक प्रभावबारे अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।
ओमिक्रोन भाइरसबाट संक्रमित भएका मानिसहरु केही दिनपछि बिरामी हुने गर्दछ । नेशनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिजेज ( NICD) का अनुसार दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमणको सङ्ख्या अहिले दोब्बर भएको छ । ओमिक्रोन स्ट्रेन यहाँ पूर्ण रूपमा फैलिएको छ । एनआईसीडी प्रमुख मिशेल ग्रुमले भनिन्, ‘पछिल्लो संक्रमण अधिकांश युवामा हुने गरेको छ तर वृद्धवृद्धातर्फ पनि सर्दै गएको देखिरहेका छौं ।’ अनुसन्धानकर्ताका अनुसार ओमिक्रोनको गम्भीर समस्या केही हप्ता पछि मात्र देखिने छ । बिबिसी
















आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया