कांग्रेस गण्डकी सभापतिमा जोशी र शर्माको उम्मेदवारी दर्ता

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको सभापतिमा संस्थापन र इतर समूहबाट छुट्टाछुट्टै उम्मेदवारी परेको छ ।
प्रदेश अधिवेशनमा शुक्रबार संस्थापन समूहले अर्जुन जोशीको प्यानलसहित मनोनयन दर्ता गराएको छ भने संस्थापन इतर समूहबाट शुक्रराज शर्माको प्यानलगत उम्मेदवारी परेको छ ।
संस्थापन प्यानलबाट उपसभापति मेखलाल श्रेष्ठ र नेत्र महत तथा महामन्त्रीमा ईश्वर पाण्डे र कुमार खड्काले मनोनयन दर्ता गराएका छन् । संस्थापनबाटै सहमहामन्त्रीमा महिलातर्फ ओमकला गौतम, खुलामा राजनराज पन्त र झुलबहादुर आलेको उम्मेदवारी दर्ता भएको छ ।
यता, संस्थापन इतरसमूहबाट उपसभापतिमा हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारी, महामन्त्रीमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने तथा सहमहामन्त्रीमा महिलातर्फ कोपिला रानाभाट र खुलामा रमेश पाण्डे र रामचन्द्र जोशीको उम्मेदवारी परेको छ ।
यस्तै, संस्थापनबाट सहमहामन्त्रीमा युवराज बस्ताकोटी र गणेश सापकोटाको उम्मेदवारी परेको छ ।
कांग्रेस विधानअनुसार सभापति एक, उपसभापति र महामन्त्री २÷२ तथा सहमहामन्त्री ३ जना निर्वाचित हुने व्यवस्था छ ।
गण्डकीमा ५९ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछन् भने २० प्रतिशत मनोनीत गर्ने व्यवस्था छ ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया