राप्रपा महाधिवेशन
कमल थापाको सोह्र वर्षे नेतृत्व, फाप कि अफाप ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पहिलो पटक २०६२ पुसमा पार्टी फुटाएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको पहिलो पटक अध्यक्ष बनेका थिए ।
पार्टी विभाजन र एकता हुँदा पनि एकल वा सामुहिक पद्धतिमा पनि थापा पार्टी नेतृत्वमै रहे । पछिल्लो पटक पार्टी एकतापछि पशुपतिशम्शेर जबरा, लोकेन्द्रबहादुर चन्द र थापा तीनै जना पार्टी अध्यक्ष रहेकैबेला बुधबारदेखि काठमाडौंमा एकता महाधिवेशन चलिरहेको छ ।
एकता महाधिवेशनमा भने थापालाई जबरा र चन्द नभई आफैले महामन्त्री बनाएका राजेन्द्र लिङ्देन आफ्ना प्रतिद्वन्द्वी भएर खडा भएका छन्, जसले १६ वर्षे नेतृत्वको एक्लो वृहस्पति मानिएका थापालाई चुनौति बनेको छ ।
राप्रपाको राजनीतिक परिदृष्य
२०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि ०४७ सालमा पूर्वपञ्चहरु संगठित भएका थिए । जतिबेला सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरापछिको पाँचौ बरियताका थिए, कमल थापा ।
तर पञ्चायतकालमा प्रधानमन्त्री, मन्त्रीसमेत भइसकेका तिनै पञ्चहरुले प्रजातन्त्रको स्थापनापछि ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ नाम दिएर संगठन बनाउँदै गर्दा एकै ठाउँमा अटाएनन् ।
२०४७ जेठ १५ गते एकैदिन लोकेन्द्रबहादुर चन्द नेतृत्वमा राप्रपा (चन्द) र सूर्यबहादुर थापा नेतृत्वमा राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा गरिए ।
पार्टी घोषणा भएको एक वर्षपछि भएको आम निर्वाचनमा देशभरका २०५ निर्वाचन क्षेत्रमध्ये राप्रपा(चन्द)ले तीन सिट मात्रै जित्यो भने राप्रपा (थापा)ले एक सिटमा चित्त बुझाउनु पर्यो ।
उक्त निर्वाचनमा राप्रपा (चन्द) को सिन्धुपाल्चोकबाट पशुपतिशम्शेर राणा, नुवाकोटबाट प्रकाशचन्द्र लोहनी र रसुवाबाट रामकृष्ण आचार्य (रसुवा) निर्वाचित भएका थिए भने राप्रपा (थापा)को दार्चुलाका अकबरबहादुर सिंहले मात्रै चुनाव जितेका थिए । प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो आम निर्वाचनको उक्त परिणामले पञ्चहरुको साख गिरायो ।
पहिलो निर्वाचन परिणामपछि एकतामा जोड दिए । २०४८ माघमा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द एक भए । सूर्यबहादुर थापा नेतृत्वको राप्रपा ०५१ सालको मध्यावधि चुनावमा देशभर १९ सिट जितेर संसदको तेस्रो शक्ति बन्यो ।
तर सत्ता र शक्तिको लालचाकै कारण चन्द र थापा एकअर्काबीचको होडबाजी कायम रह्यो । २०५४ सालमा एमालेसँगको गठबन्धनमा चन्द प्रधानमन्त्री बनेपछि थापा चन्दलाई नै ढाल्ने खेलमा लागे ।
राप्रपा खिचातानीमा कमल थापाको दाउपेच
देउवा सरकारमा स्थानीय विकासमन्त्री रहेका कमल थापा भने राप्रपाको गुटगत राजनीतिको फाइदा उठाउँदै चन्द नेतृत्वको सरकारमा परराष्ट्र र स्थानीय विकास मन्त्रालय सम्हाल्न पुगे । सत्ताको किचला फेरि चन्दको कित्ता बदलेर कमल थापा सूर्यबहादुरको क्याम्पमा आए । राप्रपा पुनः विभाजित भई थापा र चन्द समूहमा फर्कियो । ०५६ सालको आम निर्वाचनमा विभाजित दुई राप्रपा मध्ये थापाले ११ सिट जिते भने चन्द सून्यमै हरायो ।
थापा–चन्दले २०५७ सालमा फेरि पार्टी एकीकण गरे । २०५९ सालमा ज्ञानेन्द्र शाहले देउवा सरकार बर्खास्त गरेपछि भने कमल थापाले राजालाई साथ दिन पुगे । र, शाहको प्रत्यक्ष शासनकालमा गृहमन्त्रीसमेत बने । राजाको प्रत्यक्ष शासनको पक्षमा लागेका थापाले अन्ततः २०६२ सालमा पार्टी फुटाएर राप्रपा नेपाल गठन गरी आफू अध्यक्ष भएको घोषणा गरे ।
पहिलो संविधानसभामा राप्रपाले नराम्रो हार ब्यहोरे पनि हिन्दु राज्य र राजसंस्थाको मुद्दा बोकेका कमल थापाको राप्रपा नेपालले दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट नजिते पनि समानुपातिकतर्फ २४ सिट पायो । चन्द–थापाको राप्रपाले भने प्रत्यक्षमा ३ र समानुपातिकमा ९ सिट प्राप्त गर्यो ।
०७२ सालमा सूर्यबहादुर थापाको निधनपछि ०७४ मंसिरमा पशुपतिशम्शेर र कमल थापाले पार्टी एकता गर्दै कमल थापा पार्टी अध्यक्ष र राणा राष्ट्रिय अध्यक्ष बने ।
कमल थापासँग असहमति जनाउँदै प्रकाशचन्द्र लोहनीले पार्टी छोडिसकेका थिए भने राणाले पार्टी फुटाएर राप्रपा (प्रजातन्त्रिक) बनाए ।
अन्ततः राजावादी शक्तिहरु कमजोर हुँदै गएपछि पछिल्लो पटक ०७६ फागुन २४ मा कमल थापा, पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी तीनै जना अध्यक्ष रहने गरी पार्टी एकताको घोषणा गरे ।
तीनै जना अध्यक्ष रहेको राप्रपाको जारी महाधिवेशनमा १६ वर्षदेखि सत्ता र शक्तिको रसास्वादन गर्दै आएका कमल थापा फेरि पनि सिङ्गो राप्रपाको नेतृत्व हत्याउने प्रयत्न के हुने हो अबको केही घण्टापछि नै सार्वजनिक हुनेछ ।
यो पनि पढ्नुस्
कमल थापा भर्सेस राजेन्द्र लिङ्देन, को कति बलियो ?


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया