आइतबार, वैशाख ६, २०८३

दरबार पार्टी विवेकशील साझामा मिसिए

मेरोन्यूज २०७८ मंसिर १८ गते १८:४०

काठमाडौं । विवेकशील साझा पार्टीले सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग एकताको घोषणा गरेको छ ।
शनिबार माइतीघर मण्डलमा एक कार्यक्रम गरी तीन पार्टीबीच एकता घोषणा गरिएको हो ।

एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ नै रहने भएको छ भने अध्यक्ष पनि रवीन्द्र मिश्र नै हुने भएका छन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले विचार भन्दा माथि देश भन्दै संघीयता खारेजी र धर्मनिरेक्षताबारे जनमत संग्रहको प्रस्ताव ल्याएपछि पार्टीको एउटा ठूलो समूह असन्तुष्ट छ ।

पार्टीभित्र ठूलो पंक्ति असन्तुष्ट भइरहँदा मिश्रले दुई साना पार्टीसँग एकता घोषणा गरेका हुन् । यसअघि नाम नसुनिएको सिटिजन्स फोरम र दरबार पार्टीलाई साझा पार्टीमा समाहित गरेपछि अब देशब्यापी आन्दोलन र संगठन विस्तारको कामलाई अघि बढाउने उनीहरुले बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रतिक्रिया