रेखा थापाको बदलिएको तस्बीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन बुधबारदेखि काठमाडौंमा जारी रहेको छ ।
जारी महाधिवेशनमा वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन नेतृत्वको प्यानल चुनावी प्रतिष्पर्धामा रहेको छ । राप्रपा महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि शनिवार काठमाडौंको भृकुटी मण्डपमा मतदान भएको छ ।
तीन अध्यक्ष रहेको राप्रपाको एकता महाधिवेशनमा एउटा सेलिब्रिटी अनुहार देखिएको छ, त्यो पनि जिम्मेवारी पदमा उम्मेदवारीका साथ ।
बेलाबेलामा विभिन्न राजनीतिक दलमा देखा परेर चर्चामा आउने गरेकी नायिका रेखा थापा राप्रपाको महाधिवेशनमा महामन्त्री पदमा प्रतिष्पर्धा गरिरहेकी छन् ।
निधारमा चन्दन, घाँटीमा रुद्राक्षको माला
रेखा थापा कुनैबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आन्दोलनका बेला सडकमा नाचेर चर्चामा आएकी थिइन् । तर यतिबेला राप्रपा महाधिवेशनमा आउँदा भने उनको रुप भिन्न देखिएको छ ।
राप्रपा महाधिवेशनमा लिङदेन प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएकी रेखाको निधारमा चन्दन लगाएकी छन् ।
उनको घाँटीमा राप्रपाको महाधिवेशन प्रतिनिधिको कार्ड मात्र होइन, रुद्राक्षको मालासमेत झुण्डिएको छ ।
रेखा थापालाई चलचित्र क्षेत्रको प्रारम्भिक चरणमा छोटो कपडा लगाएर अश्लिलता भित्राएको पनि आरोप लाग्ने गरेको थियो । तर तिनै रेखा यतिबेला सामान्य पोशाकमा राप्रपा महाधिवेशनमा भोट मागिरहेकी छन् ।
उनको लवाई सामान्य देखिएको छ । खद्रको सारी अनि, पहेंलो सुइटर लगाएकी रेखाको कपाल समेत फुस्रो देखिन्छ ।
सरल पोशाकमा देखिएकी रेखाले राप्रपा भित्रको टिके प्रवृत्ति र किस्तीमा दिएको पदको विरुद्ध आफूले उम्मेदवारी दिएको सञ्चारकर्मीहरुलाई प्रतिक्रया दिइन् ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया