रेखा थापाको बदलिएको तस्बीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन बुधबारदेखि काठमाडौंमा जारी रहेको छ ।
जारी महाधिवेशनमा वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन नेतृत्वको प्यानल चुनावी प्रतिष्पर्धामा रहेको छ । राप्रपा महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि शनिवार काठमाडौंको भृकुटी मण्डपमा मतदान भएको छ ।
तीन अध्यक्ष रहेको राप्रपाको एकता महाधिवेशनमा एउटा सेलिब्रिटी अनुहार देखिएको छ, त्यो पनि जिम्मेवारी पदमा उम्मेदवारीका साथ ।
बेलाबेलामा विभिन्न राजनीतिक दलमा देखा परेर चर्चामा आउने गरेकी नायिका रेखा थापा राप्रपाको महाधिवेशनमा महामन्त्री पदमा प्रतिष्पर्धा गरिरहेकी छन् ।
निधारमा चन्दन, घाँटीमा रुद्राक्षको माला
रेखा थापा कुनैबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आन्दोलनका बेला सडकमा नाचेर चर्चामा आएकी थिइन् । तर यतिबेला राप्रपा महाधिवेशनमा आउँदा भने उनको रुप भिन्न देखिएको छ ।
राप्रपा महाधिवेशनमा लिङदेन प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएकी रेखाको निधारमा चन्दन लगाएकी छन् ।
उनको घाँटीमा राप्रपाको महाधिवेशन प्रतिनिधिको कार्ड मात्र होइन, रुद्राक्षको मालासमेत झुण्डिएको छ ।
रेखा थापालाई चलचित्र क्षेत्रको प्रारम्भिक चरणमा छोटो कपडा लगाएर अश्लिलता भित्राएको पनि आरोप लाग्ने गरेको थियो । तर तिनै रेखा यतिबेला सामान्य पोशाकमा राप्रपा महाधिवेशनमा भोट मागिरहेकी छन् ।
उनको लवाई सामान्य देखिएको छ । खद्रको सारी अनि, पहेंलो सुइटर लगाएकी रेखाको कपाल समेत फुस्रो देखिन्छ ।
सरल पोशाकमा देखिएकी रेखाले राप्रपा भित्रको टिके प्रवृत्ति र किस्तीमा दिएको पदको विरुद्ध आफूले उम्मेदवारी दिएको सञ्चारकर्मीहरुलाई प्रतिक्रया दिइन् ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया