बीमा गर्नेकाे संख्या बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षमा बीमा गर्नेको संख्या बढेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्म जारी भएको कुल बीमा गर्नेको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.२ प्रतिशतले वृद्धि भई ९७ लाख ४० हजार २ सय ७४ पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो १ वर्षमा बीमा कम्पनीबाट जारी बीमालेख संख्या १३ प्रतिशतले बढेको हो । सो बीमालेखमध्ये जीवन बीमालेख वैदेशिक रोजगार बीमालेख सहित ९२.५ र निर्जीवन बीमालेख ७.५ प्रतिशत रहेको छ । गतवर्षको असोज महिनासम्म जीवन बीमालेख ९१.५ प्रतिशत र निर्जीवन बीमालेख ८.५ प्रतिशत रहेको थियो ।
यद्यपी चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगार बीमालेख संख्यामा ३४.८ प्रतिशतले कमी आएको छ । यस अवधिमा संकलन भएको बीमा प्रिमियम रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.१ प्रतिशतले वृद्धि भई ४७ अर्ब ८७ करोड पुगेको छ । गत आर्थिक वर्षमा उक्त रकम ३९ अर्ब ८६ करोड रहेको थियो । यस अवधिको बीमा प्रिमियम रकममा जीवन बीमा ७९.८ प्रतिशत र निर्जिबन बीमा तर्फको हिस्सा २०.२ प्रतिशत रहेको अर्थमन्त्रालयले जनाएको छ ।
















साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया