बुधबार, पुष २, २०८२

जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर २१ गते १०:१३

काठमाडौँ । रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका १ घिमानेका बुदुराम खड्काको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई थप उपचार गर्न नेपालगन्ज पठाइएको छ । मुसीकोट २ को बरेली बजार नजिकै सोमबार साँझ जन्ती बोकेको बस दुर्घटना भएको हो । घाइतेमध्ये २१ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

जिल्लाको बाँफिकोट गाउँपालिका २ को पिपलबाट जन्ती लिएर मुसिकोट १ को घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ नम्बरको बस दुर्घटना भएको हो ।

प्रतिक्रिया