एक सय शय्याको अस्पताल हुनेले नर्सिङ पढाउन पाउने
मेरोन्यूज
२०७८ मंसिर २१ गते १२:२५

चितवन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताएका छन्। यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने स्पष्ट पारे ।
आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एक सय शय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएकाले मापदण्ड पुगेका कलेजले मात्र पढाउन पाउँछन् । अन्यको हकमा भने छलफल भइरहेको मन्त्री पौडेलको भनाइ थियो ।
मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको जानकारी दिँदै उनले पिसिएल नर्सिङ्को अध्ययन विसं २०८० देखि खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने पनि बनाए ।
सम्बन्धित
















वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया