एक सय शय्याको अस्पताल हुनेले नर्सिङ पढाउन पाउने
मेरोन्यूज
२०७८ मंसिर २१ गते १२:२५

चितवन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताएका छन्। यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने स्पष्ट पारे ।
आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एक सय शय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएकाले मापदण्ड पुगेका कलेजले मात्र पढाउन पाउँछन् । अन्यको हकमा भने छलफल भइरहेको मन्त्री पौडेलको भनाइ थियो ।
मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको जानकारी दिँदै उनले पिसिएल नर्सिङ्को अध्ययन विसं २०८० देखि खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने पनि बनाए ।
सम्बन्धित













सुदूरपश्चिममा निर्वाचन प्रहरीमा चार हजारभन्दा बढीको आवेदन
Party unity imperative: Leader Koirala
NC’s SGC endorses working procedure, proposes dissolution of central leadership
माघ ४ गते राष्ट्रियसभा अधिवेशन आह्वान गर्न सिफारिस
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया