पहिलो खेलमै विकेट हात पार्न सफल भए सन्दीप
मेरोन्यूज
२०७८ मंसिर २२ गते १५:१०

काठमाडौं । बिग बास लिग (बीबीएल) सिजनको पहिलो खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विकेट हात पार्न सफल भएका छन् । होबार्ट हरिकेन्सबाट खेलिरहेका लामिछानेले पहिलो खेलमै विकेट हात पारेका हुन् ।
लामिछाने सिड्नी सिक्सर्सविरुद्ध १ विकेट हात पारेका हुन् । लामिछानेले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर १ विकेट हात पारे । बीबीएल अन्तर्गत होबार्टले आफ्नो पहिलो खेल खेल्दैछ ।
खेल अरोरा स्टेडियममा भइरहेको छ । लामिछानेले लगातार दोस्रो सिजन होबार्टबाट खेलिरहेका छन् । लामिछानेले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया