देशभर मौसम सामान्या, चिसोबाट बच्न अनुरोध
मेरोन्यूज
२०७८ मंसिर २३ गते ६:४१

काठमाडौँ । हाल नेपालमा कुनै प्रकारको उल्लेखनीय मौसमी प्रणाली छैन । तर, देशका पहाडी भू भागमा आंशिक बदली भने रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश १ को भू भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भागमा आंशिक बदली तथा अन्य भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, राति प्रदेश १ र प्रदेश २ को भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भागमा आंशिक बदली तथा अन्य भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र प्रदेश २ का भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले देशभर चिसो बढ्दै गएकाले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।
सम्बन्धित
















भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
प्रतिक्रिया