बिहीबार, पुष ३, २०८२

बाजुरामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर २३ गते १०:५९

कैलाली । बाजुरामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–काप्री नजिकै गर्जगाड खोलाको भीरबाट ट्रक तल खसेको हो ।

दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन नसकेको जुड्डी प्रहरी चौकीका प्रमुख वीरसिंह ठगुन्नाले जानकारी दिए । उनका अनुसार नेपालगञ्जबाट हुम्लाका लागि सामान बोकेर आउने ट्रक दुर्घटना भएको हो ।

ट्रक करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया