बिहीबार, पुष ३, २०८२

पौडेल पक्षले बनायो सिंह र कोइरालासँग छलफल गर्न दुई समूह

मेरोन्यूज २०७८ मंसिर २३ गते ११:५७

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षमा साझा सभापतिका उम्मेदवार छान्न छुट्टाछुट्टै युवा समूह बनाएको छ ।

इतर पक्षका दुई नेता डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापति नछोड्ने अडान लिएपछि ती नेतासँग छलफल गर्न दुई समूह बनाउने विषयमा आज बिहान इतर समूहका केन्द्रीय सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

डा. कोइरालासँग छलफल गर्ने समूहमा गगन थापा, धनराज गुरुङ र चन्द्र भण्डारी रहेका छन् । त्यसैगरी सिंहसँग छलफल गर्न महेश आचार्य, अर्जुन नरसिंह केसी र बलबहादुर केसीले रहेका छन्

प्रतिक्रिया