आइतबार, पुष ६, २०८२

संवाद सचिवालयले भन्यो- पूर्वराजा र पूर्वयुवराज्ञीकाे कुनै पनि सामाजिक सञ्जाल छैन

मेरोन्यूज २०७८ मंसिर २३ गते २०:५३

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहलेले कुनै पनि सामाजिक सञ्जाल चलाउने नगरेको निर्मल निवासले बताएको छ । पूर्व राजाको संवाद सचिवालयले सूचना जारी गर्दै पूर्वराजा र पूर्वयुवराज्ञीले ट्वीटर, फेसबुक चलाउने नगरेको बताएको हो ।

राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि पूर्वराजाले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको सूचनामा भनिएको छ ।

सूचनामा भनिएको छ, ‘मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउन समेत अनुरोध गरिन्छ ।’

पछिल्ला राजनीतिक घटनाक्रममा पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीको नामबाट प्रेसित भइरहेका सामग्रीप्रति निर्मल निवासले चासो राखेको हो ।

प्रतिक्रिया