बिहीबार, पुष ३, २०८२

पौडेललाई निधिको फोन- महाधिवेशनमा आउनुहोस्

मेरोन्यूज २०७८ मंसिर २४ गते १३:२१

काठमाडौं । नेपाली कांग्रेसका १४ औं महाधिवेशनमा सभापतिका आकाक्षी बिमलेन्द्र निधिले बरिष्ठ नेता रामचन्द्र पौडेललाई महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित हुन फोनमार्फत आग्रह गरेका छन् ।

बुधबार बेलुका नेता प्रकाशमान सिंहको घरमा नेताहरु सिंह र शेखर कोइरालालाई सहमतिमा साझा उम्मेदवार छान्न बसेको वैठकमा नेताहरुसँग भनाभनपछि महाधिवेशनको उद्घाटन मै सहभागी नहुने पौडेलले आश्य व्यक्त गरेका थिए ।

पौडेलले बिहीबार दिनभर मोवाइल समेत डाइभर्ट गरेर कसैसँग सम्पर्कमा आएका थिएनन् । पौडेललाई आज उद्घाटन हुने महाधिवेशनमा सहभागी हुन निधिले फोनमार्फत आग्रह गरे । निधीले पौडेललाई तपाई महाधिवेशनमा सहभागी नहुँदा कांग्रेसमा राम्रो सन्देश नजाने भएकाले जसरी पनि सहभागी हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया