कांग्रेस महाधिवेशनमा पुगे दलका शीर्ष नेताहरू

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटनमा शीर्ष नेताहरू पुग्न थालेको छन् । महाधिवेशनमा सहभागी हुन देशका विभिन्न राजनीतिक दलसहित विदेशी दलका नेताहरूलाई समेत निम्तो गरिएको छ ।
महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उद्घटन स्थलमा पुगेका हुन् ।
कांग्रेसले महाधिवेशनमा सहभागी हुन निम्तो दिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भनिए पनि आइपुगेका छैनन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनता पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पुगिसकेका छन् । उद्घाटन सत्रमा भारतीय जनता पार्टी (भाजपा)का नेता हंस प्रधान र कांग्रेस आईका मुकुल बनिकसमेत पुगिसकेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका नेताहरूको बाक्लो उपस्थित रहेको छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया