भूपेन्द्र बडुवाल हत्यामा संलग्न तीन जना छुटे, नौ जना थुनामा

काठमाडौँ । कैलालीमा हत्या आरोपमा नौ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । घटनामा संलग्न तीन जनालाई धरौटीमा रिहा भएका छन् ।
जिल्लाको लम्कीचुहा नगरपालिका ३ का भूपेन्द्र बडुवालका हत्या प्रकरणमा संलग्न १२ जनामध्ये ३ जना धरौटीमा रिहा भएका हुन् । गत कात्तिक २७ गते टीकापुरमा हत्या गरेको आरोपमा पक्राउ परेकामध्ये लम्की चुहा नगरपालिका ५ का विकास खड्का, बर्दगोरिया गाउँपालिका २ बस्ने लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका ३ बस्ने सविनजंग शाही धरौटी बुझाएर रिहा भएका हुन् ।
यस्तै, लम्की चुहा नगरपालिका ३ का महेश रावल, दीपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, लम्की चुहा १ का कपिल श्रेष्ठ, निशान्त मल्ल, टीकापुर नगरपालिका १ का प्रवीण रिमाल, बर्दियाको राजापुर नगरपालिका ७ घर भएर टीकापुर नगरपालिका १ बस्ने रोहित आले र टीकपुरकै सोहन शाहलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटनामा संलग्न भएका ९ जना फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया