भूपेन्द्र बडुवाल हत्यामा संलग्न तीन जना छुटे, नौ जना थुनामा

काठमाडौँ । कैलालीमा हत्या आरोपमा नौ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । घटनामा संलग्न तीन जनालाई धरौटीमा रिहा भएका छन् ।
जिल्लाको लम्कीचुहा नगरपालिका ३ का भूपेन्द्र बडुवालका हत्या प्रकरणमा संलग्न १२ जनामध्ये ३ जना धरौटीमा रिहा भएका हुन् । गत कात्तिक २७ गते टीकापुरमा हत्या गरेको आरोपमा पक्राउ परेकामध्ये लम्की चुहा नगरपालिका ५ का विकास खड्का, बर्दगोरिया गाउँपालिका २ बस्ने लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका ३ बस्ने सविनजंग शाही धरौटी बुझाएर रिहा भएका हुन् ।
यस्तै, लम्की चुहा नगरपालिका ३ का महेश रावल, दीपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, लम्की चुहा १ का कपिल श्रेष्ठ, निशान्त मल्ल, टीकापुर नगरपालिका १ का प्रवीण रिमाल, बर्दियाको राजापुर नगरपालिका ७ घर भएर टीकापुर नगरपालिका १ बस्ने रोहित आले र टीकपुरकै सोहन शाहलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटनामा संलग्न भएका ९ जना फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।










इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु
मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु
पार्टीको महाधिवेशन टार्ने प्रयास भइरहेको छ : महामन्त्री थापा
निर्वाचन तयारीबारे आज प्रधानमन्त्रीसहित सर्वपक्षीय छलफल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया