आइतबार, पुष ६, २०८२

भालुको आक्रमणबाट दुई जना घाइते

मेरोन्यूज २०७८ मंसिर २६ गते ६:३६

बैतडी । जंगली भालुको आक्रमणबाट जिल्लाका दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द छन् ।

शनिबार दिउँसो घर नजिकैका जंगलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले जानकारी दिए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया