सोमबार, पुष ७, २०८२

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, ११ घरमा क्षति

मेरोन्यूज २०७८ मंसिर २६ गते ९:३०

कैलाली । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लालझाडी गाउँपालिका ६ ढक्का चानदेवका ४५ वर्षीय खगीराज रानाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।

शनिबार राति जंगली हात्तीको आक्रमणबाट घाइते भएका रानालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पुर्‍याइएको थियो । रानाको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्र शाहले जानकारी दिए ।

यसैगरी जंगली हात्तीको बथानले गरेको क्षतिबारे यकिन विवरण आइनसके पनि करिब ११ वटा घरमा जंगली हात्तीले क्षति पुर्‍याएको प्रहरी नायब उपरीक्षक शाहले बताए । कञ्चनपुरमा मध्यवर्ती क्षेत्रका बासिन्दा सधै हात्तीको त्रासमा बस्न बाध्य रहेका छन ।

यसअघि हात्तीको आक्रमणबाट दुई वर्षको अवधिमा मात्रै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रका तीन जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया