को बन्दैछन् माओवादी केन्द्रका प्रदेश कमाण्डर ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सात वटै भौगोलिक प्रदेश र ३ गैह भौगोलिक प्रदेश कमिटिमा आज नयाँ नेतृत्व चयन गदैछ । प्रदेश २ मा भने ३० वटा स्थानीय तहको सम्मेलन सम्पन्न हुन बाँकी रहेकोले पुस ३ मा मात्रै प्रदेशको नेतृत्व चयन हुँदैछ ।
शनिबार सात वटै भोगोलिक र ३ गैह-भौगोलिक गरी १० ओटै प्रदेश सम्मेलनको अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वागमती प्रदेश सम्मेलनस्थलवाट भर्चुअल माध्यमवाट उदघाटन गरेका थिए । हिजो उदघाटन सत्र सकिएको माओवादी केन्द्रको प्रदेश सम्मेलनमा आज प्रदेश २ वाहेक ६ ओटा भौगोलिक र ३ ओटा गैह-भौगोलिक प्रदेशको वन्दशत्र चल्दैछ ।
एक ब्यक्ति एक जिम्मेवारी, पार्टी सदस्यहरुको ब्यवस्थित डाटा संकलन र पहिलो पटक प्रदेश सम्मेलन आयोजना गरेकोले कार्यकारी भूमिकामा रहने भएकाले प्रदेश नेतृत्वका लागि युवा नेताहरु नै आकांक्षी वढी देखिएका छन् ।
प्रदेश १ को अध्यक्षको प्रतिस्पर्धामा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र धर्मशीला चापागाईं लागेका छन् । राई अहिले प्रदेश अध्यक्ष छन् । आङबो प्रदेशको आर्थिक मामिला मन्त्री छन् ।
यो प्रदेशमा अहिलेसम्म भण्डारी सचिव थिए ।
वाग्मती प्रदेश अध्यक्षका लागि सरल सहयात्री, विशाल खड्का, दीननाथ गौतम, अनिल शर्मा, डीपी ढकाल, उमेश स्थापित आकाक्षी छन् । सहयात्री जनसास्कृतिक महासंघका नेता हुन् । खडका प्रदेश सभा सदस्य तथा दोलखाका नेता हुन् ।
गण्डकीमा प्रदेश अध्यक्षमा लागि कास्कीका प्रदेश सांसद दीपक कोइराला, स्याङ्जाका शैलेन्द्र घिमिरे, लमजुङका पारसमणि पौडेल र म्याग्दीका गोविन्द पौडेलले आकांक्षा देखाएका छन् । लुम्बिनी प्रदेशमा अध्यक्षका लागि दाङका हेमराज शर्मा, रोल्पाका दीपेन्द्र पुन र पूर्वी रुकुमका तेजबहादुर वली आकाक्षी छन् । कर्णाली प्रदेश अध्यक्षमा राजकुमार शर्मा, सुर्खेत जिल्ला इन्चार्ज नरबहादुर विष्ट, पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, अहिलेका प्रदेश सचिव रामदीप आचार्य, कर्णाली प्रदेशका आर्थिक योजनामन्त्री विन्दमान विष्ट र प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्तेत नेतृत्वका आकांक्षी छन् ।
सुदुरपश्चिम प्रदेश अध्यक्षका लागि नरेन्द्र कुँवर, वीरमान चौधरी, मानबहादुर धामी, शरदसिंह भण्डारी, हरि चौधरी र हरि ज्ञवाली आकाक्षी छन् ।
उपत्यका विशेष प्रदेशमा जगत सिम्खडा, विरु तामाङ (सुदीप), रन्जित तामाङ, कृष्ण केसी आकाक्षी छन् । यसमा मजदुर विधार्थी, युवा, पेशागत संघ÷संगठनका नेताहरुलाई समेटने गरी माओवादी केन्द्रले उपत्यका विशेष प्रदेश बनाएको थियो । सम्र्पक मञ्चहरुको सम्र्पक विशेष प्रदेश र प्रवास विशेष प्रदेशमा पनि सम्मेलन भईरहेको छ ।
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया