शनिबार, पुष ५, २०८२

एक सभापति र एक सह-महामन्त्रीसहित ५२ जनाको उम्मेदवारी फिर्ता

मेरोन्यूज २०७८ मंसिर २६ गते १३:१९

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको मनोनयन दर्ता गराएका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनीसँगै सह-महामन्त्रीमा मनोनयन दर्ता गराएका सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार उम्मेदवारले मनोनयन पत्र फिर्ता लिइसक्नु पर्ने समय दिउँसो १२ः३० बजेसम्म निर्धारण गरिएको थियो । अहिलेसम्म सभापतिमा एक र सह-महामन्त्रीमा एकसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५२ जनाले आफ्ना नाम फिर्ता लिएको समितिले जनाएको छ । अझै केही उम्मेदवारीको नाम फिर्ता हुन सक्ने बताइएको छ ।

महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो । नाम फिर्ता लिने क्रम समाप्त भएपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । मतदान सोमबार बिहान ८ बजेदेखि हुने भएको छ ।

उम्मेदवार मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म भएका थियो । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म गरी समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म प्रकाशन गरेको थियो ।

प्रतिक्रिया