मनोनयन दर्ता गराएका ५७ जनाले लिए उम्मेदवारी फिर्ता (नामावलीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको मनोनयन दर्ता गराएका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनीसँगै सह–महामन्त्रीमा मनोनयन दर्ता गराएका सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार उम्मेदवारले मनोनयन पत्र फिर्ता लिइसक्नु पर्ने समय दिउँसो १२ः३० बजेसम्म निर्धारण गरिएको थियो । अहिलेसम्म सभापतिमा एक र सह–महामन्त्रीमा एकसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५७ जनाले आफ्ना नाम फिर्ता लिएको समितिले जनाएको छ । अझै केही उम्मेदवारीको नाम फिर्ता हुन सक्ने बताइएको छ ।
महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो । नाम फिर्ता लिने क्रम समाप्त भएपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । मतदान सोमबार बिहान ८ बजेदेखि हुने भएको छ ।
उम्मेदवार मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म भएका थियो । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म गरी समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म प्रकाशन गरेको थियो ।



















मुलुकभर बढ्यो तापक्रम, सतर्कता अपनाउन अनुरोध
लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य
चैतमा ९०० विपद्का घटना : ३० जनाको मृत्यु
नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया